कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अल्पसंख्यकलाई सघाउन कार्यविधि

सुर्खेत — वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीले अपागंता, यौनिक अल्पसंख्यक, लोपोन्मुख जातजाति र समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।

इन्सेकले आयोजना गरेको ‘मानव अधिकार कार्यान्वयनका लागि स्थानीय सरकारको आवश्यकता तथा अवस्था अध्ययन’ कार्यशालाका सहभागीले सबै सेवा प्रदायक कार्यालय भवन र सेवाप्रवाह अपांगमैत्री बनाउन सुझाव दिए । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले श्रवणशक्ति गुमाएका तथा दृष्टिविहीन बालबालिकालाई शिक्षा र स्वास्थ्यको मूलप्रवाहमा ल्याउन योजना निर्माण गरिरहेको जनाए ।


उनले यौनिक अल्पसंख्यकलाई समाजमा सहज रुपमा घुलमिल गराउन तथा लोपोन्मुख जातजातिको उत्थानमा सहयोग पुग्ने कार्यविधि निर्माणको काम भइरहेको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले सबैको सहकार्यमा मानव अधिकारमैत्री कानुन निर्माण गर्न लागिएको जानकारी दिए ।


कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले मानव अधिकारको सवाल, विशेषता, दायित्व र जनप्रतिनिधिको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरे । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानवअधिकारमैत्री कानुन निर्माण र कार्यान्वयनका लागि स्थानीय सरकारसँग सहकार्य थालिएको जनाए ।


प्रकाशित : मंसिर २३, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?