५ महिना भयो, बाँडिएन राहत

रासस

(जाजरकोट) — बाढी, पहिरोले घरखेत बगाएको ५ महिना पुगे पनि पीडितले अझै राहत पाएका छैनन् । गत असार २८ गते मुड्केचुला गाउँपालिका १, काँशिला खोला डोल्पामा आएको बाढीले सर्वसाधारणका घरखेत, खानेपानी र विद्युत् बगाएपछि समस्यामा परेका पीडितले अझै राहत पाउन नसकेका हुन् । 

ZenTravel


पहिरोले यहाँका ११ घरपरिवारको थातथलो बगाएको हो । ३ गाउँको खानेपानी, विद्युत् उत्पादन गृह, बाटोका साथै काठेपुल पनि बगाएको थियो । ५ महिना बित्दा पनि पीडितले ३० केजी चामल, अलिअलि कपडा र केही भाँडाकुडाबाहेक थप केही पाएका छैनन् । अहिले माथिल्लो डोल्पासँगै तल्लो डोल्पामा दैनिक चिसो बढेको छ । आफूहरू राहतकै पर्खाइमा रहेको स्थानीय ४५ वर्षीया पुतली बोहोरा बताउँछिन् । उनले भनिन्, ‘प्रदेश सरकारले सबै बाढीपीडितको उचित व्यवस्थापनका लागि सहयोग गर्ने भनी प्रदेशका मन्त्री नन्दसिंह बुढाले भन्नुभएको थियो, तर ५ महिना बित्दा पनि राहत पाउन सकिएन ।’

Meroghar


काँशिला खोलामा आएको बाढीले बगाएर ११ जनाको मत्यु भएको थियो । मृत्यु भएकामध्ये १२ वर्षीया सारिका बोहोरा, ४१ वर्षीय धर्मराज बोहोरा, १३ वर्षीया सोना सार्की र २३ वर्षीया चन्द्रकुमारी सार्कीको शव भेटिएको थियो । तर, १२ वर्षीया धनरूपा बोहोरा, १५ वर्षीया वृहस्पति बोहोरा, २३ वर्षीय पञ्चे सार्की, २३ वर्षीया साउनी विक, ४२ वर्षीया रंगी बोहोरा, ४२ वर्षीय कालीबहादुर बोहोरा र ३५ वर्षीय लवकुमार रोकायको शव अझै भेटिएको छैन ।

जिल्ला प्रशासन कार्यालयले बाढीमा परेर मृत्यु भई शव भेटिएका ४ परिवारलाई १ लाखका दरले राहत उपलब्ध गराए पनि सँगै ज्यान गुमाएका तर शव नभेटिएकाका आफन्तजनले भने केही पनि राहत पाएका छैनन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले मृत्यु भएर शव भेटिएका ४ पीडित परिवारलाई १ लाखका दरले राहत उपलब्ध गराइएको र बाँकी ७ घरपरिवारलाई पनि राहतका लागि गृह मन्त्रालयमा पहल गरिरहेको जानकारी दिए । उनका अनुसार अन्यलाई १० हजार रुपैयाँका दरले सहयोग गरिएको र गृहबाट रकम प्राप्त भएपछि वितरण गरिनेछ । बाढीपीडित अँध्यारोमा बस्न नपरोस् भनेर सोलारको व्यवस्था गरिएको र छिट्टै नै बाढीपीडितको बासस्थानमा पुगेर वितरण गरिने मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाही बताउँछन् । यहाँ रहेको फेम्ली अस्पतालमा विद्युत् नहुँदा ५ महिनादेखि भिडियो एक्सरे, ल्याब सेवासमेत बन्द भएको छ ।

सम्बन्धित जिल्लाका मन्त्री र सांसद भएर पनि ५–५ महिनासम्म बाढीपीडितले राहत नपाएर कष्टपूर्ण जीवन बिताउनु पर्दा प्रदेश सरकार र जिल्लाकै मन्त्रीको चर्को आलोचना हुँदै आएको छ । यता जाजरकोटको नलगाड नगरपालिकाको कालीमटी, घुवारालगायत ठाउँमा अघिल्लो वर्ष आएको बाढीले तहसनहस भएको संरचना अझै निर्माण भएका छैनन् । बजेट अभाव हुँदा यहाँका संरचना निर्माण नभएको नलगाड नगरपालिकाले जनाएको छ । झुर्मेखोलाको बाढीले ४२ भन्दा बढी पानी घट्ट, सयौं मुरी फल्ने धान लगाएको खेत नष्ट बनाएको थियो । खानेपानीका योजना बगाउँदा अहिलेसम्म पनि त्यहाँ खानेपानी आपूर्ति हुन सकेको छैन ।

त्यस्तै नलगाडको तल्लुमा रहेको बस्ती भेरी नदीको कटानले असुरिक्षत भए पनि अहिलेसम्म त्यहाँको व्यवस्थापन गर्न सरोकारवालाले चासो नदेखाएको पीडितहरूको भनाइ छ । नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले नगरको समस्या लिएर काठमाडौं आए पनि सम्बन्धित मन्त्रीसँग भेट नहुँदा जाजरकोट फर्किएका छन् । ४ दिन बस्दा पनि मन्त्रीसँग भेट हुन नसक्दा उनी जिल्ला फर्किएका छन् । जिल्लाको सबैभन्दा बढी नलगाड नगरपालिकामा बाढीले क्षति बनाएको थियो ।रुकुम पश्चिम आठ बिसकोट नगपालिकाको गत्ताशैनामा बाढीले क्षति बनाए पनि त्यहाँका बासिन्दाको उचित व्यवस्थापन नभएको स्थानीयको आरोप छ । बर्सेनि आउने बाढीले आफूहरू समस्यमा परेको स्थानीय रातो टमटा बताउँछन् । भेरी नदी छेउछाउका बस्ती जोगाउन तटबन्ध लगाउनुपर्ने भन्दै स्थानीय सरकारले चासो दिए पनि बजेट अभावमा काम हुन सकेको छैन ।

प्रकाशित : मंसिर १८, २०७६ १०:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उसुको थाइचीमा रेफ्रीमाथि धाँधलीको आरोप, मञ्चमै खेलाडी र अफिसियलको 'धर्ना' [तस्बिरहरु]

राजु घिसिङ

काठमाडौँ — १३ औं साग खेल अन्तर्गत उसुको थाउलु तर्फको थाइची छ्वान अलराउण्ड प्रतियोगितमा अंक दिन निर्णायकहरुले विभेद गरेकोभन्दै भारतीय र नेपाली टोलीले विरोध गरेका छन् ।

नेपाली सेनाको लगनखेलस्थित शारिरिक तथा खेलकुद तालिम केन्द्रमा भएको थाइचीमा भारतीय टोलीका सदस्यहरु रेफ्रीहरुले दिएको अंकमा चित्त नबुझेकोभन्दै त्यसको विरोधमा म्याटमा नै बसिदिएका छन्। भारतीय र नेपाली पक्षले विरोध जनाएसँगै उसुका खेलहरु केहीबेर देखि रोकिएका छन्।


थाइचीतर्फ श्रीलंकाका खेलाडीले बिगारेपनि सोही खेलाडीलाई बढी अंक दिएर जिताएको दाबी भारत र नेपालको छ। श्रीलंकाका खेलाडीलाई तारिदु नमल अनुराथालाई रेफ्रीहरुले १८.९ अंक दिएका छन् भने भारतीय खेलाडी ज्ञानदास सिंह १८.७९ अंक दिएका छन्। यस्तै नेपाली खेलाडी हरीप्रसाद गोलेले १८.४९ अंक प्राप्त गरेका छन्।





प्रकाशित : मंसिर १८, २०७६ १०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×