माटोले पुरिएर पाँच जनाको मृत्यु भएपछि पुरै गाउँ शोकमा

विप्लव महर्जन

सल्यान — बागचौर नगरपालिका–४ शिवरथस्थित पेदिखोला र सिमखोलीबाट मजदुरीका लागि गएका पाँच जनाको पोखराको मौजामा सडकमा काम गर्ने क्रममा मृत्यु भएपछि दुवै गाउँ शोक मग्न भएको छ ।

मृत्युको खबर पाउने बित्तिकै पाँचैका परिवार अचेत अवस्थामा रहेको स्थानीय हरिकिरण बस्नेतले बताए । ‘पोखराको घटनाका कारण बिहानदेखि अहिलेसम्म गाउँघरका पुरुष महिलाहरु उनीहरुलाई सम्झाउन र सहयोग गर्नमा जुटेका छन् ।,’ उनले भने ।

मजदुरी गर्न गएका सात जनामध्ये पेदिखोलाका तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी, खिमलाल बस्नेत, सिमखोलीका जीतबहादुर बस्नेत र गणेश ओली रहेका छन् । पोखरा महानगरपालिकाको कनेक्टिभिटी सडक निर्माणको काम गर्न गएका ती सातमध्ये दुई घाइते भएका छन् ।

आर्थिक अभावका कारण परिवार पाल्न समस्या भएपछि १८ दिनअघि मात्र पेदिखोला र सिमखोलीका सातजना छिमेकी गाउँका स्थानीयसँग सडकमा काम गर्न पोखरा गएको बस्नेतले बताए ।

प्रकाशित : मंसिर १५, २०७६ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?