कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्थानीय तहले बुझाएनन् प्रतिवेदन

सल्यान — यहाँका १० मध्ये सात स्थानीय तहले आर्थिक वर्षको पहिलो चौमासिक प्रतिवेदन कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाएका छैनन् । प्रतिवेदन नबुझाउँदा विकास निर्माणको भुक्तानी प्रक्रिया प्रभावित हुने कार्यालयले जनाएको छ ।

स्थानीय तहले बुझाएनन् प्रतिवेदन

कार्यालयका अनुसार शारदा नगरपालिका, कपुरकोट गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाले मात्र प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन नबुझाउनेमा बागचौर र बनगाडकुपिण्डे नगरपालिका छन् । त्यस्तै, त्रिबेणी, छत्रेश्वरी, कालिमाटी, दार्मा र कुमाख गाउँपालिकाले चौमासिक खर्च विवरण बुझाएका छैनन् ।


पहिलो चौमासिक खर्च विवरण नबुझाएका कारण दोस्रो चौमासिक निकासा लिएर विकास निर्माणको काम गर्नुपर्ने समय टर्न थालेको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी बुद्धिमान बस्नेतले बताए । ‘दोस्रो चौमासिक बजेट निकासा लिएर धमाधम काम गर्नुपर्ने समयमा पहिलो चौमासिक बुझाउन नसक्नुले विकास निर्माणको काममा ढिलाइ हुने सम्भाबना बढेको छ,’ उनले भने, ‘बारम्बार ताकेता गर्दा पनि प्रतिवेदन आएको छैन ।’ पहिलो चौमासिक प्रतिवेदन नबुझाउँदासम्म दोस्रोको रकम निकासा गर्न नमिल्ने उनले बताए ।


कात्तिकको सुरुआतमै पहिलो चौमासिक प्रतिवेदन बुझाउनुपर्छ । पहिलो चौमासिकमा कुन योजनाका लागि कति खर्च भयो र कति खर्च हुन बाँकी छ, कति खर्च हुनेछलगायतका कुरा उल्लेख हुन्छन् । यही प्रतिवेदन बुझाएपछि दोस्रो चौमासिकको लागि बजेट माग गर्नुपर्छ । स्थानीय तहहरूले चौमासिक खर्च विवरण तयार गर्ने समयमा कार्यालय प्रमुखको सरुवालगायत विविध कारणले ढिलाइ भएको जनाएका छन । सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले आगामी एक महिनाभित्रै कोलेनिकामा प्रतिवेदन बुझाउने बताए ।


शारदा नगरपालिकाले पहिलो चौमासिकमा १७ प्रतिशत बजेट खर्च गरेको छ । कुल बजेटको ८ करोड ३८ लाख रुपैयाँ खर्च गरेको कोष तला लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो आर्थिक वर्षमा नगरपालिकामा ४९ करोड २१ लख १३ हजार ४ सय ६५ बजेट रहेको छ ।


प्रकाशित : मंसिर १५, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?