वडाध्यक्षको उपनिर्वाचनमा नेकपाका धर्मे बुढाथोकी विजयी

विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिका-५ कालागाउँमा भएको वडाध्यक्षको उपनिर्वाचनमा नेकपाका धर्मे बुढाथोकी विजयी भएका छन् । विजयी भएका बुढाथोकीले ७ सय ९२ मत ल्याएका छन् । बुढाथोकीका प्रतिद्वन्द्वी कांग्रेसका खडकबहादुर बस्नेतले २ सय ९१ र राप्रपाका गोपाल शाहले २१ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।

वडाध्यक्षको उपनिर्वाचनमा नेकपाका धर्मे बुढाथोकी विजयी

१ हजार ८ सय ३९ मतदाता रहेको कुमाख गाउँपालिका-५ को वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा ६१.१२ प्रतिशत मत खसेको थियो । संख्यात्मक रुपमा १ हजार १ सय २४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका एक कर्मचारी राम कुमार खत्रीले बताएका छन । १ हजार १ सय २४ मध्ये पुरुष ५ सय २४ र महिला ६ सय रहेको उनले जानकारी गराएका छन् ।


कुमाख गाउँपालिका-५ मा विजयी भएका वडा अध्यक्ष हरिप्रसाद बुढाथोकी जिल्ला समन्वय समितिको उपाध्यक्षमा विजयी भएर आएपछि वडाध्यक्ष पद खाली रहेकाले उप निर्वाचन गरिएको निर्वाचन अधिकृत हरिबहादुर बुढाथोकीले जानकारी गराए । उपनिर्वाचनमा नेकपाबाट धर्मे बुढाथोकी, कांग्रेसबाट खडकबहादुर बोहरा र राप्रपाबाट गोपाल शाहले उम्मेदवारी दिएका थिए ।

प्रकाशित : मंसिर १४, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?