कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वडा अध्यक्षको उपनिर्वाचनमा ६१ प्रतिशत मत खस्यो

विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिका-५ कालागाउँमा भएको वडा अध्यक्षको उप निर्वाचनमा कुल मतदाताको ६१.१२ प्रतिसतले मतदान गरेका छन । १ हजार ८ सय ३९ मतदाता रहेको कुमाख गाउँपालिका-५ कालागाउँमा संख्यात्मक रुपमा १ हजार १ सय २४  मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । 

वडा अध्यक्षको उपनिर्वाचनमा ६१ प्रतिशत मत खस्यो

१ हजार एक सय २४ मध्ये पुरुष ५ सय २४ र महिला ६ सय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका एक कर्मचारी रामकुमार खत्रीले बताएका छन । मतदान गर्न आएका मतदाता मध्ये दुई जनाको परिचय पत्रमा समस्या देखिएकाले मतदान गर्न नपाएको उनले जानकारी गराए ।


वडा अध्यक्षको निर्वाचन शान्तिपूर्वक भएको निर्वाचन अधिकृत हरिबहादुर बुढाथोकीले बताए । वडा अध्यक्षको निर्वाचनका लागि सरस्वती माध्यामिक विद्यालयमा क र ख मतदान केन्द्र अन्तर्गत दुवै मतदानस्थलमा गरी ६१ प्रतिशत मत खसेको उनले जानकारी गराए । उनकाअनुसार कुमाख गाउँपालिका-५ मा विजयी भएका वडा अध्यक्ष हरिप्रसाद बुढाथोकी जिल्ला समन्वय समितिको उपाध्यक्षमा विजयी भएपछि वडा अध्यक्ष पद खाली भएको थियो । जिल्लामा कुमाख गाउँपालिकाको-५ मा मात्र उपनिर्वाचन भएको उनको भनाइ छ ।


उपनिर्वाचनमा नेकपाबाट धर्मे बुढाथोकी, कांग्रेसबाट खडकबहादुर बोहरा र राप्रपाबाट गोपाल शाह उमेदवार रहेका थिए । मतदान सम्पन्न भएकाले आइतबारबाटै मतगनना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७६ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?