कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुशासनका लागि सामूहिक प्रतिबद्धता

रुकुम पश्चिम — सुशासन कायम गर्न राजनीतिक दलहरूले सामूहिक प्रतिबद्धता गरेका छन् । 

जिल्लामा क्रियाशील राजनीतिक दलका नेताले जिल्लामा सुशासन कायम गर्न पार्टी तथा सरकारमार्फत पहल गर्ने प्रतिबद्धता गरेका हुन् । नेकपा, नेपाली कांग्रेस, संघीय समाजवादी तथा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिले सुशासन कायम गर्न विभिन्न ५ बुँदामा हस्ताक्षर गरेका छन् । नेकपाका जिल्ला सचिव विमलकुमार पुन, कांग्रेसका टेकबहादुर सार्की, समाजवादीका पर्शाराम खत्री तथा जनमोर्चाका गिरीप्रसाद बुढाले हस्ताक्षर गरेका हुन् ।


चुनावी घोषणापत्र कार्यान्वनका लागि जनप्रतिनिधिलाई दिशानिर्देश गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने, सूचनाको हकसम्बन्धी ऐन २०६४ र सूचनाको हकसम्बन्धी नियमावली २०६५ बमोजिम सार्वजनिक निकायले स्वत: प्रकाशन गर्नुपर्ने सूचना नियमित प्रकाशन गर्ने प्रतिबद्धता गरेका हुन् । हरप्लेसले आयोजना गरेको ‘सुशासन प्रवर्द्धनका लागि राजनीतिक दलको भूमिका’ विषयक अन्तर्क्रियामा दल तथा सरोकारवालाले लिखित प्रतिबद्धता जनाएका हुन् ।


प्रकाशित : मंसिर ४, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?