१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

फोहोरले सिमकोट दुर्गन्धित

हुम्ला — सदरमुकाम सिमकोटको फोहोर व्यवस्थापन व्यवस्थित नहुँदा आसपासको क्षेत्र दुर्गन्धित बन्दै गएको छ । सिमकोट गाउँपालिका ५, तल्लो गाउँमा गाउँपालिकाले अस्थायी डम्पिङ साइड निर्माण गरे पनि जथाभाबी फोहोर फाल्ने क्रम बढेपछि सदरमुकाम दुर्गन्धित बन्दै गएको हो । 

बजार क्षेत्र र डम्पिङ साइडमा फालिएको फोहोरका कारण अधिकांश क्षेत्र दुर्गन्धित बन्न थालेको स्थानीयको गुनासो छ । दुर्गन्ध बढ्दै गएपछि तल्लो गाउँ र आसपासका बासिन्दा नाक थुनेर सिमकोट आउजाउ गर्न बाध्य भएको स्थानीय छक्कबहादुर रोकायाले बताए ।


उनका अनुसार कुहिने र नकुहिने फोहोर जथाभाबी फालिएपछि स्थानीयलाई नाक थुनेर यात्रा गर्नुपर्ने बाध्यता भएको हो । सिसा, प्लाष्टिक, खानेकुरालगायत कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फालिएपछि स्थानीयले सास्ती भोग्नुपरिरहेको उनको गुनासो छ ।


‘गाउँपालिकाले अझैसम्म व्यवस्थित डम्पिङ साइड बनाउन सकेन । अधिकांश स्थानको फोहोर नियमित उठ्न सकेको छैन,’ उनले भने, ‘फोहोर कुहिएर आसपासका क्षेत्रमा बस्नै समस्या छ ।’

प्रकाशित : मंसिर २, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?