१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ऋण नदिएको भन्दै आक्रमण

रुकुम पश्चिम — ऋण नदिएको निहुँ बनाएर शिक्षकमाथि सांघातिक हमला गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँफिकोट गाउँपालिका–८, पोखराका २५ वर्षीय मोहन भनिने राजकुमार केसी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका हुन् ।

बाँफिकोट गाउँपालिका–८, दुलीका ४८ वर्षीय पशुपति खनाललाई ज्यान मार्ने उद्योग गरेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीले बाँफिकोट गाउँपालिका–६, ओखरबोटबाट कात्तिक २८ गते केसीलाई पक्राउ गरेको हो ।


कात्तिक २१ गते खनालमाथि कुटपिट तथा लछारपछार गरेका केसी फरार थिए । लुकिछिपी बसेको अवस्थामा केसीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काले बताए ।


आफू कार्यरत विद्यालयमा जाने क्रममा मोटरसाइकलमा रहेका खनाललाई मोटरसाइकल चढेकै अवस्थामा लट्ठीले हानेर लडाएका थिए । भुइँमा लडेका खनालमाथि थप कुटपिट गरी लखेटिरहेको अवस्थामा अरूले थाहा पाएपछि मात्रै केसी भागेको डीएसपी खड्काले बताए ।


‘चोरबाटो भएर अमेरिका जानका लागि ऋण नदिएको झोंकमा आक्रमण गरेको रहेछ,’ उनले भने, ‘त्यसपछि उनी अमेरिका पुगेर पनि केही समयअघि फर्केर आएको खुलेको छ ।’ केसीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

प्रकाशित : मंसिर १, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?