कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

दु:ख–सुख बिसाउने थलो

‘समय बिताउन मात्र केन्द्रलाई उपयोग गरेका छैनौं, वृद्धावस्थामा विभिन्न रचनात्मक काम सुरू गर्न केन्द्रले सहयोग पुर्‍याएको छ’ 
एलपी देवकोटा

(जुम्ला) — कनकासुन्दरी ५, पाण्डवगुफाका ८४ वर्षीय लक्ष्मीरुद्र काफ्ले दैनिक खलंगास्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा जान्छन् । बिहानदेखि साँझ अबेरसम्मै केन्द्रमा रहने उनी दिनभर पुस्तक तथा पत्रपत्रिका पढ्छन्, नाचगान गर्छन् र रमाउँछन् । चन्दननाथ नगरपालिका २, भण्डारीबाडाका ८० वर्षीय भूतपूर्व सैनिक मनसुर भण्डारी पनि दैनिक केन्द्रमा जान्छन् र आफ्ना अनुभव साटासाट गर्छन् ।

दु:ख–सुख बिसाउने थलो

ज्येष्ठ नागरिक संघले सञ्चालन गरेको केन्द्रमा उनीहरू मात्र होइन, जिल्लाका ६० जना ज्येष्ठ नागरिकले दैनिक उपस्थिति जनाउने गरेका छन् । केन्द्र ज्येष्ठ नागरिकको सुख दु:ख बिसाउने चौतारी बन्दै गएको छ । संघले २०७६ देखि केन्द्र सञ्चालन गरेको हो । संघका अध्यक्ष तिर्थराज भारतीले ज्येष्ठ नागरिकको फुर्सदको समय सदुपयोग गराउन केन्द्र स्थापना गरिएको जानकारी दिए । उनका अनुसार केन्द्र ज्येष्ठ नागरिकको अनुभव आदानप्रदान गर्ने थलोको रुपमा विकसित भएको छ ।


जिल्लाभरका ज्येष्ठ नागरिकलाई केन्द्रमा ल्याउने गरी बस सञ्चालनको तयारीमा रहेको उनले जानकारी दिए । विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा भवन निर्माण गरिएपछि केन्द्र सञ्चालनमा ल्याइएको हो । गुठिचौर गाउँपालिकाका मुनिषचन्द्र न्यौपाने दैनिक २ घण्टा पैदल हिँडेर केन्द्रमा पुग्ने गरेका छन् ।


‘फुर्सदको समय बिताउन मात्र केन्द्रलाई उपयोग गरेका छैनौं, वृद्धावस्थामा विभिन्न रचनात्मक काम सुरु गर्न केन्द्रले सहयोग पुर्‍याएको छ,’ संघका उपाध्यक्षसमेत रहेका उनले भने, ‘समसामायिक पुस्तक पढ्ने, आफूहरूका समस्या समाधानका लागि आफैं पहल गर्ने र विभिन्न विषयमा विचार आदानप्रदान गर्नेसमेत गरेका छौं ।’ संघले ज्येष्ठ नागरिकका लागि चिया र बिस्कुटको व्यवस्था गर्ने गरेको उनले जानकारी दिए । उनका अनुसार दैनिक नाचगान गर्ने, खेल खेल्ने र अन्य मनोरञ्जनात्मक क्रियाकलापसमेत केन्द्रमा सञ्चालन गर्ने गरिएको छ । केन्द्रमा विभिन्न वाद्यवाधन यन्त्र र खेल सामग्री राखिएको छ । केही ज्येष्ठ नागरिकले टेलिभिजन कार्यक्रम हेरेर मनोरञ्जन लिने गरेको उनले सुनाए ।


घरमा कुनै काम नभएपछि दिवा सेवा केन्द्रमा गएर नयाँ कुरा सिक्ने गरेको ६२ वर्षीय तुलराज न्यौपाने बताउँछन् । उनका अनुसार शारीरिक अवस्था कमजोर भएपछि घरमा केही काम नहुँदा फुर्सदको समय बिताउन समस्या थियो । ‘जिल्लाभरका ज्येष्ठ नागरिकसँग भेट हुन्छ, दिनभरको समय रमाइलोमा बित्ने गरेको छ,’ उनले भने, ‘सबैले आपसी सद्भाव आदानप्रदान गर्छौ, दैनिक नयाँ कुरा सिकिएकै छ ।’


केन्द्र सञ्चालनका लागि यस वर्ष कर्णाली प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग गरेको छ । केन्द्र सञ्चालनका लागि नगरपालिकासँग बस खरिद गर्न प्रस्ताव गरेको ५ नम्बर वडाध्यक्ष अर्जुनसिंह कठायतले बताए ।

‘केन्द्र सञ्चालनपछि चोकचोकमा समय खेर फालिरहेका ज्येष्ठ नागरिकले दु:ख/सुख साट्न पाएका छन्,’ उनले भने, ‘विभिन्न अनुभव र ज्ञान आदानप्रदानमा सहयोग पुगिरहेको छ ।’


प्रकाशित : कार्तिक ३०, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?