२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेपाली भूमि भारतले मिचेकोमा विरोध प्रदर्शन

विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा स्थानीय युवाहरुले शुक्रबार नेपाली भुमी लिम्पियाधुरा, लिपुलेक र कालापानी माथि भारतले गरेको हस्तक्षेपको विरोध गरेका छन् । युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाएका छन् । 

नेपाली भूमि भारतले मिचेकोमा विरोध प्रदर्शन

नेपाली भूमि मिचेर भारतले आफ्नो नक्सामा पारेपछि देशैभरी भैरहेको विरोधलाई थप बल प्रदान गर्न सल्लीबजारको जनकल्याण युवा क्लबको आयोजनामा युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । ‘भारतको दादागिरी र रवैया हामीलाई स्विकार्य छैन, नेपाली भुमी फिर्ता गर’ भन्दै युवाहरुले नाराबाजी गरेका थिए ।


नेपाल सरकारले भारतीय बेथितीलाई विरोधमा उत्रेकालाई उल्टै सुरक्षाकर्मी लगाएर दमन गर्ने कार्य गरेकाले त्यसको समेत भत्सर्ना गरेका थिए । भारतको दादागिरी अन्त्य गर्न विरोध कार्यक्रम गरेको युवा क्लवका अध्यक्ष सन्देश यरीले बताए ।


भारतले नेपाल प्रति हेपाहा प्रवृत्तिको अन्त्य हुन आवस्यक रहेको अर्का युवा मिनराज डिसीले बताए । नेपाली सीमा मिच्दा पनि सरकार मौन बसेकोमा उनले आक्रोस व्यक्त गरेका थिए । विरोध कार्यलाई जारी राख्ने युवाहरुको भनाई छ ।


प्रकाशित : कार्तिक २९, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?