३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

शिविरमा २ सय २० को उपचार

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिका ७, १४ र १५ नम्बर वडाको आयोजनामा कजेरी र माल्नेटामा सञ्चालित आँखा शिविरमा २ सय २० जनाले उपचार सेवा लिएका छन् । शिविरमा उपचार गराउन आएका ४६ जनामा मोतिविन्दुको समस्या देखिएपछि उनीहरूको आँखाको शल्यक्रिया गरिनेछ । 

आँखा उपचार केन्द्रका स्वास्थ्यकर्मीले कजेरीमा १ सय १२ र माल्नेटामा १ सय ८ जनाको आँखा परीक्षण गरेका थिए । शिविरका क्रममा कजेरीमा मोतिविन्दु भएका १२ र माल्नेटामा ३४ जना आँखाका बिरामी भेटिएका थिए । वरिष्ठ नेत्र स्वास्थ्य कार्यकर्ता पदमराज पन्तका अनुसार शिविरमा आएकामध्ये अधिकांशमा आँखा पाक्ने, चिलाउने, सुन्निने, आँखा सुख्खा हुने समस्या देखिएको थियो । शिविरमा आएका विरामीलाई नि:शुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए ।

जिल्लाका सबै स्वास्थ्यचौकीमा आँखा उपचारको व्यवस्था नभएकाले शिविरको आयोजना गरिएको वडाध्यक्ष लिलाबहादुर रोकाले बताए । उनका अनुसार स्थानीयलाई आँखा उपचारका लागि सदरमुृकाम खलंगा पुग्नुपर्ने बाध्यता छ । शल्यक्रियाका लागि छनौट भएका विरामीको आँखा उपचार केन्द्र शीतलपार्टीमा उपचार हुने उनको भनाइ छ ।


प्रकाशित : कार्तिक २६, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?