कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

अधिकांश व्यवसाय अवैध

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जिल्लामा सञ्चालित आधा व्यावसायिक प्रतिष्ठान अवैध रहेको पाइएको छ । दर्ताबिनै करिव ४५ प्रतिशत आर्थिक प्रतिष्ठान सञ्चालन गरेको पाइएको हो । 

अघिल्लो वर्ष गरिएको आर्थिक गणना अनुसार जिल्लामा तीन हजार ९ सय ९४ प्रतिष्ठानमध्ये एक हजार आठ सय १९ प्रतिष्ठान बिना दर्ता चलिरहेको तथ्यांक सार्वजनिक भएको हो । आर्थिक गणनाको क्रममा सोधिएको प्रश्न, गरिएको अवलोकनका आधारमा दुई हजार एक सय ७५ आर्थिक प्रतिष्ठान दर्तावाल छन् । सबै व्यवसायमध्ये ५४.५ प्रतिशत दर्ता गरेर चलाइएको पाइएको हो भने ४५.५ प्रतिशत व्यवसाय दर्ता नै छैनन । २०७५ वैशाख १ देखि जेठ ३१ गतेसम्म गरिएको आर्थिक गणनाको क्रममा जिल्लाका आर्थिक प्रतिष्ठानमा १० हजार एक सय ८० जनाले रोजगारी पाएको उल्लेख छ । जसमध्य ७३.९ प्रतिशत अर्थात् सात हजार सात सय २० जनाले दर्ता भएका प्रतिष्ठानमा काम गरिरहेका छन् भने २६.१ प्रतिशत अर्थात् दुई हजार ६ सय ६० जनाले दर्ता नभएका व्यवसायमा काम गरिरहेका हुन् । जिल्ला तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक गणना प्रतिवेदनमा विभिन्न सूचकमाथि अध्ययन गरिएको जनाइएको छ ।


तथ्याङ्क अधिकृत मेघराज पौडेलले सबै स्थानीय तहका व्यवसायिक निकायका विभिन्न सूचकमाथि गणना गरिएको जनाए । आर्थिक गणना अनुसार सबैभन्दा बढी आर्थिक प्रतिष्ठान मुसीकोट नगरपालिकामा छन् भने कम बााफिकोट गाउापालिकामा छन् । एक हजार चार सय ३३ आर्थिक प्रतिष्ठान मुसीकोट नगरपालिकामा रहेको जनाइएको छ ।


विभिन्न सात सूचकमाथि केन्द्रीत रहेर गणनाको विश्लेषण गरिएको उनले जानकारी दिए । एक सय १७ कृषि, एक सय ८० वन तथा माछापालन, चार सय औद्योगिक प्रतिष्ठान दर्ता भएको जनाइएको छ । दर्ता भएका दुई हजार एक सय २५ थोक तथा खुद्रा व्यापार र मोटरगाडी एवं मोटरसाइकल मर्मतमा सबैभन्दा बढी तीन हजार तीन सय ३७ जनशक्तिले रोजगारी पाइरहेको तथ्यांकमा उल्लेख छ ।


प्रकाशित : कार्तिक २३, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?