२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

बाढीपीडितलाई सौर्य ऊर्जा

कान्तिपुर संवाददाता

डोल्पा — गत असार महिनामा कांशिल खोलामा आएको आएको बाढीबाट घरजग्गा गुमाएका बाढीपीडितलाई सौर्य ऊर्जा वितरणको प्रक्रिया सुरु गरिएको छ । मुट्केचुला गाउँपालिका १, २ र ३ वडाका ३ सय ५० परिवारलाई सोलार वितरण गर्न लागिएको हो । 

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको सहयोगमा सोलार वितरण हुन थालेको हो । बाढीले क्षति पुर्‍याएका कारण काशिलखोला जलविद्युत् आयोजना बन्द भएपछि स्थानीय बासिन्दा लामो समयदेखि अध्याँरोमा छन् । प्रतिघरधुरी एक/एक थान सोलार वितरण गर्न लागिएको केन्द्रले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढाले बाढीपीडितको सुविधाका लागि सोलार वितरण थालिएको जनाए ।


प्रकाशित : कार्तिक २०, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?