चितुवाको छालासहित २ पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले मुसीकोट नगरपालिका–७ वैरीदहबाट दुई युवालाई चितुवाको छालासहित पक्राउ गरेको हो ।

चितुवाको छालासहित २ पक्राउ 

शुक्रबार रुकुम पूर्वबाट मध्यपहाडी लोकमार्ग भएर खलंगातर्फ आइरहेका पुथाउत्तरगंगा गाउँपालिका–१४ का अर्जुन बुढा भनिने छाया विक र दाङको घोराही उपमहानगरपालिका–१२ का १९ वर्षीय गणेश नेपालीलाई चितुवाको छालासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।


उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ९, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?