कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

ट्याक्टर दुर्घटा हुँदा दुई जनाको मृत्यु 

हरि गौतम

(रुकुम पश्चिम) — ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिकाबाट सानीभेरी गाउँपालिकातर्फ आउँदै गरेको भे १ त ५१०७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


बिहीबार बेलुकी साढे सात बजेतिर चौरजहारी नगरपालिका–९, सल्यानीपधेरामा भएको दुर्घटनामा सानीभेरी गाउँपालिका–१, का २२ वर्षीय ट्याक्टर चालक महेन्द्र विक र २७ वर्षीय चन्द्रबहादुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार मदिरा सेवन गरेर ट्याक्टर चलाएका कारण दुर्घटना भएको हो ।


जाजरकोटको मटेलाबाट मदिरा ल्याइ चौरजहारी नगरपालिकाको मेलैनाउली बजारमा खाएर ट्याक्टर चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतकको साथमा समेत सोफी नामको रक्सी भेटिएको जनाइएको छ । ट्याक्टर मध्यपहाडी लोकमार्गबाट झण्डै २० मिटर तल खसेको छ ।


प्रकाशित : कार्तिक ८, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?