१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेकपा नेतामाथि चन्द समूहको आक्रमण

रासस

काठमाडौँ — बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । 

नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिँहमाथि आक्रमण भएको हो । आक्रमणमा परी प्रदेशसदस्य सिँहलाई बढी चोट लागेको आचार्यले जानकारी दिनुभयो । चन्द कार्यक्रताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको छ ।


विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमाटीबाट लेखमसम्मको बाटोमा हिँड्न नदिएको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ ।

प्रकाशित : कार्तिक ६, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?