कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

छिन्चुमा सिटी बसपार्क

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — भेरीगंगा नगरपालिकाको छिन्चुमा सिटी बसपार्क बन्ने भएको छ  । अत्याधुनिक सुविधासहितको सिटी बसपार्क बनाउने गरी आवश्यक प्रक्रिया सुरु गरिएको छ  ।

नगर कार्यपालिकाको बैठकले बसपार्क निर्माणको निर्णय गरी प्रदेश सरकारमा पेश गरेको थियो । निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारले अनुमति प्रदान गरेसँगै बसपार्क बन्ने निश्चित भएको हो । साढे २३ करोडको लागतमा बसपार्क बन्न लागेको नगरपालिका उपप्रमुख रेणु आचार्यले बताइन् । बसपार्क निर्माणका लागि सहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँ निकासा उनले जनाइन् । उनका अनुसार करिव २ हेक्टरमा बसपार्क निर्माण हुनेछ ।


भेरीगंगा १२ स्थित छिन्चु–जाजरकोट सडकनजिकै बसपार्क निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गर्ने काम सकिएको नगरपालिकाले जनाएको छ । उपप्रमुख आचार्यका अनुसार बसपार्कमा १ सय २० सटर रहनेछन् ।

बसपार्क निर्माणपछि राति बास बस्नुपरेमा २५ गाडी एकसाथ पार्किङ गर्न सकिनेछ भने दैनिक आवतजावत गर्ने क्रममा डेढ सयदेखि दुई सय सवारी साधनले बसपार्क उपयोग गर्नसक्नेछन् । सिटी बसपार्क बन्ने उक्त जग्गा सामुदायिक वनभित्र पर्छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?