कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाको एकताले ७ वटै तह पूर्ण

भीमबहादुर सिंह

जाजरकोट — सत्तारुढ नेकपाको एकताले जाजरकोटका ७ वटै गाउँ/नगरपालिकामा पूर्णता पाएको छ । उक्त पार्टीको सोमबार सम्पन्न जिल्ला कमिटी बैठकले सातवटै गाउँ/नगरपालिका स्तरीय कमिटीको एकता टुंगो लगाएको हो । 

नेकपाको एकताले ७ वटै तह पूर्ण

नेकपाले गाउँ/नगर कमिटीको अध्यक्ष र सचिव चयन गरेर एकताको टुङ्गो लगाएको हो । त्यस्तै बैठकले ४५ सदस्य सचिवालय र २२ वटा विभाग पनि गठन गरेको अध्यक्ष ढकबीर रानाले बताए । पूर्व एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको लामो समय बितेपनि सोमबारसम्म नेकपाले गाउँ/नगर स्तरीय पार्टी कमिटीको टुंगो लगाएको थिएन ।


गाउँ/नगरको कमिटि टुंगो सँगै पालिका स्तरीय पार्टी इन्चार्जको लागि सैद्धान्तिक सहमति पनि भइसकेको उनले बताए । अध्यक्ष रानाका अनुसार भेरी नगरपालिका कमिटीका अध्यक्षमा मुकुन्द शर्मा, सचिवमा ललित विक, नलगाड नगरपालिकाको अध्यक्षमा गणेशबहादुर सिंह, सचिवमा जनक शाही, छेडागाड नगरपालिकाको अध्यक्षमा जयराम शर्मा, सचिवमा प्रेमबहादुर खत्री चयन भएका छन् ।


त्यस्तै बारेकोट गाउँपालिकामा अध्यक्षमा हरिबहादुर थापा, सचिवमा भक्तबहादुर बस्नेत, कुशे गाउँपालिका पार्टी कमिटीको अध्यक्षमा गुम्मबहादुर सिंह, सचिवमा नरबहादुर मल्ल, जुनीचादे गाउँपालिकाको अध्यक्षमा जयबहादुर घर्ती, सचिवमा गणेश उपाध्याय र शिवालय गाउँपालिका पार्टी कमिटीको अध्यक्षमा रङ्गनाथ योगी, सचिवमा गोविन्द घर्ती चयन भएका छन् ।


पूर्व माओवादी पक्षले एक नगरपालिका र २ गाउँपालिकाको नेतृत्व गरेको छ भने पूर्व एमालेले २ नगरपालिका र २ गाउँपालिकामा नेतृत्व गरेको उनले बताए । नेकपा स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा पार्टी एकताको टुंगो लागेको हो । बैठकमा पार्टी केन्द्रीय सदस्य कालीबहादुर मल्ल, भैरव सुन्दर श्रेष्ठ, रामदीप आचार्य, निरज आचार्यको समेत उपस्थिति रहेको थियो । नेकपाले बैठकले गाउँ नगर स्तरीय पार्टी कार्यक्रमको तालिका पनि निर्धारण गरेको अध्यक्ष रानाले बताए ।


नेकपाको जाजरकोटमा १ सय ३५ सदस्यीय कमिटी रहेको छ । समितिमा पूर्व एमालेबाट ६८ र पुर्व माओबादीबाट ६७ रहेका छन् । पार्टी एकीकरणको सन्देश गाउँगाउँसम्म पुर्याउन र पार्टीको गतिविधीलाई गाउँमुखी बनाउन विभिन्न संयन्त्रहरु प्रयोग गरीने उनले बताए ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?