२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सिमकोट विमानस्थलमा अग्निवाहन

कान्तिपुर संवाददाता

हुम्ला — सिमकोट विमानस्थलमा आगलागी नियन्त्रण गर्न अग्निवाहन ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणले हुम्ला विमानस्थललाई प्रदान गरेको अग्निवाहन सेनाको हेलिकप्टरबाट सिमकोट पुगेको हो । 

सिमकोट विमानस्थलमा अग्निवाहन

अग्निवाहन अष्ट्रेलियाबाट भारतको कलकत्ता हुँदै सिमकोट पुर्‍याइएको हो । यसअघि विमानस्थल र आसपासका क्षेत्रमा आगलागी हुँदा नियन्त्रण गर्ने साधन नहुँदा समस्या हुने गरेको थियो । हुम्ला विमानस्थल आगलागीका लागि जोखिमपूर्ण मानिन्छ । जहाज दुर्घटना हुँदा हुने आगलागी नियन्त्रणका लागि वाहन महत्त्वपूर्ण हुने हुम्ला नागरिक उड्डयन कार्यालयका प्रमुख गौरीशंकर शाहले बताए ।


उनका अनुसार अग्निवाहन खरिद र ढुवानीमा झन्डै १२ करोड रुपैयाँ खर्च भएको छ । ‘यसअघि विमानस्थल र आसपासका क्षेत्रमा आगलागी हुँदा परम्परागत प्रविधिबाट आगो निभाइने गरिएको थियो, जसबाट ठूलो क्षति हुँदै आएको थियो,’ उनले भने, ‘अब कुनै आकस्मिक घटना भए नियन्त्रणमा सहज हुनेछ ।’

प्रकाशित : कार्तिक २, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?