३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

उपाधि साइक्वारी युवालाई 

कान्तिपुर संवाददाता

डोल्पा — सदरमुकाम दुनैमा आयोजना गरिएको खुला भलिबल प्रतियोगितामा माझपालस्थित साइक्वारी युवा क्लब विजयी भएको छ । बिहीबार भएको फाइनल स्पर्धामा पुल्चिङ युवा क्लबलाई हराउँदै साइक्वारीले पहिलो स्थान हात पारेको हो ।

उपाधि साइक्वारी युवालाई 

दुर्गाउ युवा समितिले आयोजना गरेको जिल्लास्तरीय भलिबल प्रतियोगितामा जिल्लाभरका एक दर्जन समूहले सहभागिता जनाएका थिए । प्रथम स्थान हासिल गर्दै साइक्वारीले ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो ।


पुल्चिङ युवा क्लब ३० हजार रुपैयाँ पाउँदै दोस्रो भयो । तेस्रो भएको यार्चा स्पोर्ट क्लबले २० हजार रुपैयाँ पायो ।


समितिका अनुसार फुल्चिङका भीम चलाउने उत्कृष्ट र रुद्रमान बोहोरा अनुशासित खेलाडी घोषित भए । विजयी खेलाडीलाई ठूलीभेरी नगरपालिका ६ का वडाध्यक्ष धर्मलाल बुढा, समितिका अध्यक्ष जनक कार्कीलगायतले पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रकाशित : कार्तिक २, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?