इटालियन नागरिकको उद्धार

कान्तिपुर संवाददाता

हुम्ला — चाङ्ला हिमालको अवलोकनका लागि हुम्ला पुगेका एक विदेशी पर्यटकको स्वास्थ्य गम्भीर बनेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । लेक लागेर गम्भीर बनेका ६७ वर्षीय इटालियन नागरिक जेम्स भ्लादिमिर नोभाकलाई चीन सीमाको ताकुलाग्नाबाट उद्धार गरिएको हो । 

नेभाकको टोलीमा तीन जना विदेशी पर्यटकसहित दुई नेपाली सहयोगी थिए । उनीहरूसँगै आएका शेर्पाले स्थानीय प्रशासनलाई खबर गरेपछि तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ । उनका साथीहरूको स्वास्थ्य भने सामान्य छ । उत्तरी हुम्लाको स्थलगत भ्रमणमा रहेका इटालियन नागरिक नोभाक सिमिकोट गाउँपालिका–१ को ताकुलाग्नामा लेक लागेर बिरामी परेका थिए । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी रामप्रसाद घर्तीमगरले बताए । उनको टोलीले लिमी, न्यालु, छउसा र सल्लीको अवलोकन गरिसकेको थियो । दोजाम हुँदै चाङ्ला हिमालको फेदीतर्फ जाने क्रममा उनलाई लेक लागेको थियो ।


प्रकाशित : आश्विन ३०, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?