जिप दुर्घटनामा तीन घाइते

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिकाको थारमारेबाट दार्मा गाउँपालिकाको फारुला जाँदै गरेको लु २ च १६७२ नम्बरको जिप आइतबार बेलुकी फारुला नजिकै दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

जिप दुर्घटनामा तीन घाइते

घाइते हुनेमा दार्मा गाउँपालिका-३ दबाङ्गकी चम्फा आली,करुना रोकाय र कमला रोकाय छन् । उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको इप्रका फारुलाका सहायक प्रहरी निरीक्षक जनक भण्डारीले जानकारी गराएका छन् । उकालोमा गुडिरहेको गाडी ब्रेक फेल भएर पछाडि ब्याक हुँदा सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको उनको भनाई छ ।

प्रकाशित : आश्विन २७, २०७६ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?