१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भालुको आक्रमणबाट ३ घाइते, स्थानीयद्वारा प्रहरी चौकीमा आक्रमण

एलपी देवकोटा

काठमाडौँ — जुम्ला गुठीचौर गाउँपालिका ४ झारज्वालामा भालुको आक्रमणबाट ३ जना घाइते भएका छन् । जंगली भालु छिरेरे स्थानीय खगेन्द्र अधिकारी लगायत ३ जनालाई बिहीबार घाइते बनाएको हो ।

भालुको आक्रमणबाट ३ घाइते, स्थानीयद्वारा प्रहरी चौकीमा आक्रमण

बुधबार दिउँसोदेखि नै भालुले गाउँलेलाई सताएको थियो । प्रहरीले भालु मार्न नदिएको भन्दै प्रहरी चौकीमा आक्रमण गरेपछि हवाइ फायर गरी स्थिति नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।


'भालुलाई नियन्त्रणमा लिन वन डिभिजन कार्यालयको वन अधिकृतसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई गाउँमा पठाएका छौं', उनले भनिन्, 'जंगली जनावर मार्ने वा नियन्त्रणमा लिने सम्पूर्ण अधिकार वन डिभिजन कार्यालयको भएकाले भालु भएको ठाउँमा टोली पुगिसके पनि स्थानीयले भालु मार्न नपाएको भन्दै जिल्लाबाट गएको प्रहरीसहितको टोलीलाई ढुङ्गामुडा गरेपछि स्थिति तनावग्रस्त भएको छ ।

प्रकाशित : आश्विन २३, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?