१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जाजरकोट दरबारमा फूलपाती भित्र्याइयो

भीमबहादुर सिंह

(जाजरकोट) — दसैंको सातौं दिन सप्तमीमा शनिबार बिहान जाजरकोटको ऐतिहासिक दरबारमा फूलपाती भित्र्याइएको छ । परम्परागत राजकीय शक्तिको प्रतिक खडगदेवी देवतासहित जाजरकोट दरबारमा फूलपाती भित्र्याएको  हो । त्यस्तैगरी जिल्लाका दर्जन विभिन्न मौला र शक्तिपीहरु र स्थानीयले पनि घर-घरमा फूलपाती भित्र्याए ।

जाजरकोट दरबारमा फूलपाती भित्र्याइयो

जाजरकोटमा उखु, अदुवा, बेलपत्र लगायत पूजा सामग्री र खडग देवतासहित फूलपाती भित्र्याउने चलन छ ।


२३ वर्षअघिसम्म जगतीपुर दरबारबाटै ब्राम्हण जातिका पुजारीले खडग देवतासहितको फूलपाती ल्याउने प्रचलन थियो । तर, माओवादी द्वन्द्वसँगै जिल्ला प्रहरी कार्यालय परिसरको कालिका मन्दिरमा खडग देवता राख्ने गरिएको थियो ।

मंगलबार पनि कालिका मन्दिरबाट फूलपाती दरबारमा पूजाआजासहित भित्र्याइयो ।


पुजारी सत्यप्रसाद शर्माले ल्याएको खडग र फूलपातीलाई राज्यका प्रतिनिधीका रुपमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले विधिपूर्वक भित्र्याए । इतिहासका जानकार केदारबहादुर शाहका अनुसार विक्रम सम्वत १८२५ माघ ७ गते नेपाल एकीकरणमा जुटेका पृथ्वीनारायण शाह र तत्कालीन जाजरकोटे राजा हरि शाहबीच कासीको मणिकर्णिकार घाटमा भेट भइ मितेरी लगाएर धर्मसन्धि भएको थियो । नेपाल एकीकरणको अभियानमा लागेर नुवाकोटको पहिलो आक्रमणमा पराजय भोगेका पृथ्वीनारायण नयाँ र आधुनिक हतियारको जोहो गर्न गएका थिए । त्यतिबेलै तिर्थाटन गर्न गएका जाजरकोटी राजा शाहबीच एकीकरण अभियानलाई सघाउने, पृथ्वीनारायणको फौजले जाजरकोट राज्यमाथि आक्रमण नगर्ने, जाजरकोट राज्यको अस्तित्व कायम रहने लगायत सम्झौता कासीमै भएको शाहले बताए । सोही सम्झौताका क्रममा पृथ्वीनारायणले शक्तिको प्रतिक भगवतीको मूर्ति र खडग जाजरकोटे राजालाई उपहार दिएको इतिहासमा उल्लेख भएको शाहले बताए ।


पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर हनुमान ढोकामा भित्र्याउने परम्पराको थालनी गरेसँगै जाजरकोट दरबारमा पनि जगतीपुरबाट फूलपाती ल्याउने प्रचलन सुरु भएको शाहले बताए । २ सय ५५ वर्षअघि जाजरकोट राज्यको दरबार जगतीपुरमा थियो । हाल जगतीपुर दरबार भग्नावेश छ ।


प्रकाशित : आश्विन १८, २०७६ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?