कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

यात्रु सहायता कक्ष सञ्चालनमा

कान्तिपुर संवाददाता

कालीकोट — दसैं–तिहारलाई लक्षित गरी प्रहरीले कालीकोटमा पहिलोपटक यात्रु सहायताकक्ष सञ्चालनमा ल्याएको छ  । साँघुरो र अप्ठेरो कर्णाली राजमार्गमा पर्याप्त गाडीको अभावमा चाडबाडमा घर फर्किने यात्रुलाई सहयोग गर्न यात्रु सहायताकक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ  ।

यात्रु सहायता कक्ष सञ्चालनमा

मान्मस्थित जिरोपोइन्टमा रहेको सहायताकक्षले यात्रुको सुरक्षा, आवागमनमा सहजता र चालकलाई पनि जिम्मेवार बनाउन सहयोग गर्ने जिल्ला प्रहरीप्रमुख डीएसपी श्यामबाबु ओलीले बताए । सवारी चालक र यात्रुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको सहायताकक्ष २४ सै घण्टा खुला रहने जानकारी दिए ।


‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्रा सबैको कामना’ भन्ने नाराका साथ सञ्चालनमा ल्याइएको कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले कालीकोट, मुगु, जुम्ला र बाजुरातर्फ आवतजावत गर्ने यात्रुलाई सहज हुने विश्वास व्यक्त गरे । ‘अप्ठेरो सडकमा क्षमताभन्दा बढी यात्रु गाडीमा राख्दा जोखिम हुन्छ,’ उनले भने ‘चालक पनि सहजगता अपनाउनुपर्ने हुन्छ, यो कुरालाई सहायताकक्षले सघाउ पुर्‍याउनेछ ।’ उनले ट्राफिक नियम पालना गर्न यात्रु, गाडी चालक, गाडीधनी सबैको जिम्मेवारी हुने बताए ।


सहायताकक्षबारे जानकारी दिन आयोजित सभामा दसैंतिहारमा सवारी र यात्रु चाप तथा लापरबाहीले दुर्घटना हुनसक्ने भएकाले ट्राफिक नियमबारे जानकारी गराइएको छ । प्रहरीले यात्रुहरूले पालना गर्नुर्पर्ने नियमबारे पनि जानकारी दिँदै प्रचार सामग्री पनि वितरण गरेको छ । कार्यक्रममा ९ जना चालकलाई माला र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

प्रकाशित : आश्विन १७, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?