सुपथ मूल्य पसलमा आकर्षण

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — दसैं–तिहारलाई लक्षित गरी नेपाल खाद्य संस्थान शाखा कार्यालयले सुपथ मूल्य पसल सञ्चालन गरेको छ  । पसलमा स्थानीय उपभोक्ताको आकर्षण अत्यधिक बढेको छ  ।

संस्थानले सोना मन्सुली र जिरा मसिनो चामल राखेको छ । मुसीकोट नगरपालिका १, सल्लेमा राखिएको पसल बिदाको दिनबाहेक अरु दिन नियमित खुल्छ । पसलमा बिहानदेखि बेलुकासम्म उपभोक्ताका भीडा लाग्ने गर्दछ ।


सामान्यतः अरु बेलाभन्दा सुपथ मूल्य पसलबाट धेरै चामल बिक्री भएको संस्थानका निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए । ‘सामान्यभन्दा सुपथ मूल्यको पसलबाट खाद्य संस्थानको धेरै चामल बिक्री भएको छ,’ उनले भने, ‘मूल्य कम भएर पनि होला सर्वसाधारणको आकर्षण बढि देखिन्छ ।’


उनका अनुसार १५ दिनमा करिब ४० क्विन्टल चामल बिक्री भएको छ । जिरा मसिनो चामल १९ क्विन्टल र सोना मन्सुली १८ क्विन्टल बिक्री भएको उनले बताए । यी दुवै चामलमा संस्थानले प्रतिक्विन्टलमा ५ सय रुपैयाँ छुट दिएको छ ।


खाद्य संस्थानमा सोना मन्सुली र जिरा मसिना चामल मात्रै उपलब्ध छ । यसअघि सोना मन्सुली प्रतिक्विन्टल ४ हजार ६ सय रुपैयाँ र जिरा मसिनो प्रतिक्विन्टल ५ हजार ७ सयम बिक्री हुन्थ्यो । सुपथ मूल्य पसल कात्तिक १७ गतेसम्म सञ्चालन हुने संस्थानले जनाएको छ । संस्थानले दाल, तेलसमेत राख्न माग गरे पनि राखिएको छैन ।

प्रकाशित : आश्विन १७, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?