१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लाङ्दु स्वच्छ समुदाय घोषणा

कान्तिपुर संवाददाता

हुम्ला — सिमकोट गाउँपालिका ३ को लाङदुलाई मंगलबार जिल्लाको पहिलो स्वच्छ समुदाय घोषणा गरिएको छ  । गाउँपालिकाले स्वच्छताका मापदण्ड पूरा गरेपछि यस्तो घोषणा गरिएको जनाएको छ  ।

सिमकोट गाउँपालिकाले स्वच्छताको हिसाबले नमूना समुदाय घोषणा गर्दै अन्य गाउँलाई पनि सफा र स्वच्छ बनाउने अभियान थालिएको जनाएको छ । वडा नं. ३ कि वडासदस्य नाङसाल लामाले बस्तीका धारा, पाटीपौवा, घरआँगन, शौचालय, बाटोघाटो स्वच्छ रहेका बताइन् ।

केही बर्षअघिसम्म फोहोर रहेको लाङ्दु अहिले सफा र सुन्दर गाउँमा परिणत भएको छ । १६ घरधुरी भएको गाउँमा सबै घरमा धारा, शौचालय रहेका छन् । सरकारी तथा गैरसरकारी निकायको सहयोग र समन्वयमा सरसफाइ अभियान थालिएपछि स्वच्छदा संभव भएको स्थानीय कारसाङ लामाले बताइन् ।

‘सबैभन्दा पहिले त सरसफाइसम्बन्धी चेतना हुनुपर्‍यो, तबमात्र स्वच्छता संभव हुन्छ,’ उनले भनिन्, ‘हामीहरूले सरसफाइको महत्व बुझेरै गाउँलाई सफा र स्वच्छ बनाएका हौं ।’

प्रकाशित : आश्विन १६, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?