टिपर दुर्घटनामा एक महिलाको मृत्यु , तीन घाइते 

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका-२ विद्युत प्राधिकरणको कार्यालय नजिकै टिपर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

टिपर दुर्घटनामा एक महिलाको मृत्यु , तीन घाइते 

ओटासिल पिच गर्न बालुवा ओसारपसारको लागि ल्याइएको बा३क २३६५ नम्बरको टिपर दुर्घटना हुँदा शारदा नगरपालिका-८ मार्केकी ४५ वर्षीया रामकली बिकको घटनास्थलमै मृत्यु भएको हो । टिपरले च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


घाइते हुनेमा सन्तोषी निर्माण सेवा कम्पनीमा काम गर्ने ३५ वर्षका मोहीसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रनाउ ढकेन्द्र खतिवडाले जानकारी गराए ।


दिउँसो १ बजेतिर टिपर रोकेर कामदारले बालुवा झार्दै गर्दा चालक टिपरबाट झरेका र त्यही बेला रामकलीले पानी पिउन ढोका खोलेर भित्र बोत्तल खोज्दा एक्कासी टिप्पर ब्याक भएर माथिल्नो सडकबाट तल्लो सडकमा पल्टेको प्रनाउ खतिवडाले जानकारी गराएका छन् ।


प्रकाशित : आश्विन १४, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?