कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

काठेपुलबाटै गाडी वारपार

पुल निर्माणका लागि ४ वर्षअघि ठेक्का दिइए पनि २ वर्षदेखि भने निर्माण अलपत्र
विष्णुलाल बुढा

(डोल्पा) — दुनै–जुफाल खण्डमा पर्ने रुपगाड खोलामा यातायातका साधन वारपार गर्न काठको पुल निर्माण गरिएको छ । दुई साताअघि आएको बाढीले यसअघि बनाइएको काठेपुल भत्किएपछि जिप सञ्चालनमा समस्या थियो ।

काठेपुलबाटै गाडी वारपार

ल बगाउँदा जिप वारपारमा सास्ती भएपछि नगरपालिकाले अस्थायी काठेपुल निर्माण गरेको हो । पुल बगाएपछि दुई खण्डमा यातायातका साधन सञ्चालनमा थिए । उक्त सडकखण्डमा सात वर्षदेखि आन्तरिक रुपमा यातायातका साधन सञ्चालन भइरहेका छन् । रुपगाडमा पुल निर्माण गर्न चार वर्षअघि ठेकेदार कम्पनीलाई जिम्मा दिइएको भए पनि काम अझै अलपत्र छ । डिजाइन फेरिएपछि पुल निर्माणको काम अलपत्र परेको हो ।


अस्थायी काठेपुल निर्माण गरी जिप सिधै दुनैबाट जुफाल जाने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले बताए । ‘पहिले पनि काठेपुलबाटै जिप वारपार हुने गरेका थिए, दुई साताअघि पुल भत्किएपछि यातायातका साधन अबरुद्ध बनेका थिए,’ उनले भने, ‘अब काठको पुलबाटै जिप आवतजावत गर्न सहज भएको छ ।’


साविक जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा ठेकेदार हिमबहादुर बुढालाई दिएको थियो । जिल्ला समन्वय समितिका सदस्य प्रेमलाल बिकले जिविसको खारेजीपछि पुल निर्माणको जिम्मा कुन निकायले लिएको छ भन्ने जानकारी नभएको बताए । उनका अनुसार चार वर्षअघि ठेक्का दिइए पनि दुई वर्षदेखि पुल निर्माणको काम अलपत्र छ ।


निर्माण गरिएका संरचनासमेत जीर्ण बन्दै गएका छन् । पुल निर्माणको जिम्मा लिएका ठेकेदार बुढाले डिजाइन फेरिएकाले निर्माणमा ढिलाइ भएको दाबी गरे । ‘पुलमा ढलान नभएर डेक राख्नेगरी फेरि स्टिमेट गरियो,’ उनले भने, ‘डेक ल्याउन समस्या भएकाले पुरानै डिजाइन पुल निर्माण गर्न माग गरेका थियौं, तर बेवास्ता भएकाले काममा समस्या भएको हो ।’


ठूलीभेरी नगरपालिका प्रमुख गणेशबहादुर शाहीले पक्की पुल निर्माण नहुँदा यात्रुले वर्षौदेखि जोखिमपूर्ण यात्रा गरिरहेको बताए । ‘अहिले डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, संघीय र प्रदेश सरकारले पुल निर्माणका लागि ध्यान दिन जरुरी छ,’ उनले भने, ‘स्थानीय सरकारको बजेटबाट पक्की पुल निर्माण गर्न असम्भव छ, त्यसैले माथिल्ला सरकारको ध्यानाकर्षण गराइरहेका छौं ।’ उनले नगरपालिकाले आकस्मिक कोषबाट खर्च हुनेगरी काठको साँघु निर्माण गरिएको जनाए ।

प्रकाशित : आश्विन १४, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?