लागूऔषध सहित ३ पक्राउ 

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका ४ सेतीगुराँस भन्ने ठाँउबाट लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट अफिम जस्तो देखिने ८ सय ८४ ग्राम लागू औषधसहित पक्राउ गरेको हो । 

लागूऔषध सहित ३ पक्राउ 

गोप्य सूचनाको आधारमा प्रहरी सहायक निरीक्षक उत्तमकुमार ओलीको कमान्डमा खटिएको प्रहरीको टोलीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका ९ झुला बस्ने २० वर्षीय कमल बिष्ट मगर, आठबिसकोट नगरपालिका १२ ठूलीबार्खुका २२ वर्षीय मानबहादुर गिरी र तुलसीपुर उपमहानगरपालिका १२ उरहरीका १८ वर्षीय प्रेमपुन मगर रहेका छन् ।


उनीहरुलाई शुक्रबार बेलुकी साढे पाँच बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?