डेंगुका कारण भारतमा एक नेपालीको मृत्यु

विप्लव महर्जन

सल्यान — मजदुरी गर्न भारतको राजकोट गएका बन्गाडकुपिण्डे नगरपालिका ७ सिम्तीगैराका वर्ष २१ नेखिराम नेपालीको डेंगु रोगका कारण मृत्यु भएको छ । ५ महिनाअघि मात्र मजदुरीका लागि भारतको राजकोट गएका उनको राजकोट अस्पतालमै मृत्यु भएको हो । 

डेंगुबाट प्रभावित भएका उनी दुई सातायता राजकोट अस्पतालमा उपचारमा थिए । उनको शुक्रबार राति मात्र मृत्यु भएको मृतकका आफन्त खुमबहादुर सार्कीले बताएका छन् ।


नेपालीको लासलाई रकम जोहो गरी घर ल्याउने तैयारी भइरहेको लोकराज नेपालीले बताए ।


नोखिरामको मृत्यु भएपछि उनको श्रीमती र एक वर्षीया छोरीको बिचल्ली भएको छ ।

प्रकाशित : आश्विन ४, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?