कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बालिका बलात्कारको प्रयास गर्ने पक्राउ

हरि गौतम

रुकुम पश्चिम — १४ वर्षीया बालिका बलात्कारको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सानीभेरी गाउँपालिका–१ सोताटोलका ४५ वर्षीय गंगे भन्ने गंगाराम पुनलाई प्रहरीले पक्राउ गरेको हो । 

बालिका बलात्कारको प्रयास गर्ने पक्राउ

गत भदौ २८ गते बेलुकी ७ बजे अभिभावक नभएको मौका छोपी बालिका बलात्कारको प्रयास गरेका पुनलाई प्रहरीले असोज १ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जबरजस्ती करणी गर्न प्रयास गरेपछि बालिका भाग्न सफल भएकी थिइन् । पुन विरुद्ध बालिकाका आफन्तले असोज १ गते प्रहरीमा उजुरी दिएका थिए ।


उजुरी दिएको २४ घण्टामै पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका पुन विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ ।

प्रकाशित : आश्विन ३, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?