२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बेवारिस शिशुले पायो अभिभावक

(जाजरकोट) — जाजरकोट अस्पतालमा उपचार गराइरहेको बेवारिसे शिशुले मंगलबार अभिभावक पाएको छ । शिशुलाई पालनपोषणका लागि भेरी नगरपालिका ४, गैरीखालीका कृष्ण भट्टराईको परिवारलाई हस्तान्तरण गरीएको हो । 
शिशु ९ दिनअघि वेवारिसे अवस्थामा भेरी नगरपालिका १३, डाँडीमारे सामुदायिक वनमा फेला परेको थियो ।

बेवारिस शिशुले पायो अभिभावक

भेरी नगरपालिका उपप्रमुख भावना भण्डारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले शिशुको पालनपोषण र संरक्षणका लागि भट्टराई दम्पतीलाई जिम्मा दिने निर्णय गरेको थियो । शिशुलाई प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र उपप्रमुख भण्डारीले मंगलवार हस्तान्तरण गरेका हुन् ।


शिशुलाई गत भदौ २२ गतेदेखि जाजरकोट अस्पतालले संरक्षण गर्दै आएको थियो । प्रहरीले जंगलमा फेला परेको शिशु अस्पतालमा बुझाएको थियो । धर्मपुत्र बनाउन भन्दै भट्टराईले निवेदन पेश गरेपछि बेवारिसे शिशु हस्तान्तरण गरिएको उपप्रमुख भण्डारीले बताइन् । बालबालिकासम्बन्धी ऐन–२०७५ को दफा ६० ले विवाह गरेको १० वर्षको समयसम्म बच्चा नजन्मिएको, विवाह दर्ता गरेको, आर्थिक अबस्था मजबुत भएकोलाई धर्मपुत्र बनाउन सिफारिस गर्नुपर्ने व्यबस्था गरेको छ ।


घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त शिशुलाई धर्मपुत्रका रूपमा प्राप्त गर्न भेरी नगरपालिका ४, का शम्भु बर र कृष्ण भट्टराईले नगरपालिकामा निवेदन दिएका थिए ।


प्रकाशित : आश्विन २, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?