कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विपन्न महिलालाई बाख्रा

ज्योति कटुवाल

काठमाडौँ — दैलेख र अछामका विपन्न, दलित, एकल र अपांगता भएका महिलालाई बाख्रा वितरण गरिएको छ । महिलालाई आत्मनिर्भर बनाउन र उनीहरूको जीवनस्तरमा सुधार ल्याउन बाख्रा वितरण गरिएको हो । 

विपन्न महिलालाई बाख्रा

घरायसी काममा मात्र सीमित महिलालाई बाख्रा वितरण गरिएपछि आर्थिक रुपमा सक्षम हुने अपेक्षा छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्वारा ‘साकार परियोजना’को सहयोगमा विपन्न महिलाले बाख्रा पाएका हुन् । बाख्रापालन व्यवसायबाट अछाम र दैलेखको आठबीसका ८४ घरपरिवारका विपन्न महिलाहरूले प्रत्यक्ष लाभ लिएका छन् । विभिन्न समूहमा आबद्ध विपन्न महिलालाई बाख्रा वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाका अनुसार महिलालाई बाख्रापालनका लागि आधारभूत तालिमसमेत दिइएको हो । वितरण गरिएका बाख्राको बिमासमेत गरिएको छ । यसअघि पनि आठबीस नगरपालिकाका–६, का एचआइभी संक्रमित र अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको थियो । बाख्रापालन व्यवसायमा लागेपछि संक्रमित महिला आत्मनिर्भर बन्दै गएको एचआइभी संक्रमित महिला समूहकी अध्यक्ष नानीदेवी शाहीले बताइन् । ‘बाख्रापालनले संक्रमितलाई आत्मनिर्भर बनाउन सहयोग गरिरहेको छ, अधिकांश संक्रमित अहिले खर्च धान्ने स्थितिमा पुगेका छौं,’ उनले भनिन्, ‘बाख्रापालनले व्यस्तता बढाएको छ, जीविकोपार्जनमा पनि सहयोग पुगिरहेको छ ।’ उनले बजारको समस्या नभएकोले यसबाट राम्रो फाइदा भइरहेको जनाइन् । उनका अनुसार स्थानीय बजारमा बाख्राको माग बढी भएकाले व्यवसायिक बनाउन मद्दत पुगिरहेको छ ।


यसपटक १४ जना विपन्न दलित महिलासमेत दैलेखका २२ जना महिलालाई बाख्रा वितरण गरिएको परियोजनाका संयोजक माधव भट्टराईले बताए । उनका अनुसार अछामको पञ्चदेवल–विनायक नगरपालिकाका ४ एचआइभी संक्रमित, २ अपांगता भएका, १६ दलित विपन्न र अन्य ३२ विपन्न महिलालाई पनि बाख्रा वितरण गरिएको हो ।


जीविका गुजार्न मुस्किल परेको बेला बाख्रा पाएपछि उत्साह जागेको रानीकोट बाख्रापालन समूहकी चन्द्रदेवी कामीले बताइन् । उनले बाख्रापालनले विपन्न महिलाको आयआर्जनमा सहयोग पुग्ने जनाइन् । ‘तालिमसहित बाख्रा उपहार पायौं, बिमासमेत गरिएकाले व्यवसाय सञ्चालनमा सहयोग पुगेको छ,’ उनले भनिन्, ‘व्यवसायिक बाख्रापालनले जीवनस्तर उकासिने आशा छ ।’

प्रकाशित : आश्विन १, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?