कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रतुवा मारेको आरोपमा सात जना पक्राउ

विप्लव महर्जन

सल्यान — जंगली जनावर रतुवा मारेको भन्दै कुमाख गाउँपालिका-३ का सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रागेचौर सल्यानले गणेस केसी, शिवकुमार शाही, कांसे रावत, देवस्थल केसी, लिलाधर केसी, तेजबहादुर केसी र सोबे बुढालाई पक्राउ गरेको हो । 

रतुवा मारेको आरोपमा सात जना पक्राउ

कुकुरले टोकेर घाइते भएको रतुवालाई नियन्त्रणमा लिइ उनीहरुले मारेका थिए । इलाका प्रहरी कार्यालय रागेचौरले पक्राउमा परेका सातजनालाई डिभिजन वन कार्यालयमा बुझाएको छ ।


पक्राउमा परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकृत मनोज लम्सालले बताए । पक्राउमा परेकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उनले जानकारी गराए ।


अपराध पुष्टी भएमा उनीहरुलाई वन ऐन तथा राष्ट्रिय निकुन्ज ऐन अनुसार कारबाही हुने उनले जानकारी गराए ।


जंगली जनावर मारेर खाए कारबाही हुन्छ भन्ने नबुझेकाले पनि गाउँघरमा मारेर खाने गरेको डिभिजन प्रमुख थीरबहादुर कार्कीले बताए । उनले यो भन्दा पहिला पनि लोपोन्मुख प्रजातिमा पर्ने घोरल मारेको आरोपमा शारदा नगरपालिका-१४ माल्नेटाका सात जना बढीलाई पक्राउ गरेर कारबाही गरेको जानकारी गराए ।

प्रकाशित : भाद्र २८, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?