२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पहिरोमा पुरिएर एकको मृत्यु, अर्का घाइते

भीमबहादुर सिंह

जाजरकोट — छेडागाड नगरपालिका–५ सुवानाउलीका १८ वर्षीय खडगबहादुर रावतको पहिरोमा परेर मृत्यु भएको छ । बुधबार राति छिमेकीको घरबाट फर्कने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको हो ।

पहिरोमा परेर सोही ठाउँका १७ वर्षीय निमबहादुर रावत सामान्य घाइते भएका छन् । घाइते निमबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको राष्ट्रिय अनुसन्धान कार्यालय जाजरकोटका प्रमुख सन्जीव शाहले बताए ।


धामी झाक्रीसँग झारफुक गराएर घर फर्कने क्रममा दुवैजना पहिरोमा परेको उनले बताए ।


प्रकाशित : भाद्र २६, २०७६ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?