१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पञ्चकोसीको डीपीआर हुँदै

ज्योति कटुवाल

दैलेख — पञ्चकोशीमा मानव निर्मित ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सुरु हुन थालेको छ  । आवेदन दिइएका चारमध्ये २ कन्सल्टेन्सी छनोटमा परेपछि डीपीआरको काम सुरु हुन थालेको हो  ।

पञ्चकोसीको डीपीआर हुँदै

नारायण नगरपालिकाका अनुसार कोटिलामा मानव निर्मित ताल निर्माण गर्न लागिएको छ । जसको डीपीआरका लागि इन्जिनियरिङ कल्सल्टेन्ट/जियोकम इन्टरनेसनल प्रालि जेभी र सीआईएस प्रालि/पश्चिमाञ्चल कन्सलटेन्सी/नेपाल इन्जिनियरिङ एसोसियसन जेभी छनोटमा परेका छन् ।

छनोटमा परेका कन्सल्टेन्सीले चक्रपथ, ताल, बाँध, पुललगायत संरचनाको डिजाइन स्टमेट गरेपछि डीपीआरको कामले तीव्रता पाउने नगरपालिकाका इन्जिनियर हिक्मत रोकायले बताए । उनका अनुसार डीपीआरको काम नहुँदा पटकपटक प्रदेश सरकार र स्थानीय सरकारले विनियोजन गरेको बजेट फ्रिज जाने गरेको थियो । डीपीआरका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयल चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।


नगरपालिकाले गत वर्ष डीपीआरका लागि २५ लाख रुपैयाँ छुट्याएको थियो भने यस वर्ष २२ लाख रकम विनियोजन गरेको छ । दुई वर्षको गरी नगरको ४७ लाख रुपैयाँले डीपीआरको काम हुने उनको भनाइ छ । ‘कन्सल्टेन्सी छनोट गरिसकिएकाले डीपीआरको कामले समयमै हुने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘त्यसका लागि सबै गम्भीर बनेका छौं, काम समयमै सम्पन्न गर्न छनोट भएका कन्सल्टेन्सीलाई ताकेता गरिरहने छौं ।’

नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले छनोटमा परेका कन्सल्टेन्सीले संरचनाको डिजाइन इस्टमेटको काम सुरु गर्न थालेको बताए । ‘दुई वर्षअघि नै डीपीआरका लागि प्रयास थालेका थियौं, बल्ल कन्सलटेन्सी छनोटको काम सकिएको छ,’ उनले भने, ‘अबको ५ महिनाभित्र डीपीआरको काम हुनेछ ।’ उनले मानव निर्मित ताल नगरपालिकाको ‘डिम प्रोजेक्ट’ भएको सुनाए । तोकिएको समयमा डीपीआर तय नभए यो वर्ष पनि बजेट फिर्ता जाने जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले बताए ।

‘यो दैलेखको गौरवको योजना हो,’ उनले भने, ‘नगरपालिकाले यसलाई प्राथमिकता दिन जरुरी छ ।’ उनले तीनै तहका सरकारको सहभागितामा पञ्चकोशी क्षेत्रको विकास गरिने जनाए । पञ्चकोसीमा गत वर्ष भूक्षय रोक्न पर्खाल लगाउने गरी ३५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर नगरले काम समयमै सम्पन्न गर्न नसकेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २५, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?