बेपत्ता युवक १५ दिनपछि मृत भेटिए

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका–१२ बाफुखोलाबाट हराएका २६ वर्षीय नरेन्द्रकुमार ओली १५ दिनपछि मृत अवस्थामा भेटिएका छन् ।
बाग्चौर नगरपालिका–४ स्थित बरावनको जंगलमा उनको शव भेटिएको हो ।

भदौ ७ गते घरबाट बेपत्ता भएका उनको शव सडेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।


शवलाई रुकुमको खलंगामा पोष्टमार्टम गरिएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बाँदेले बताए ।


प्रकाशित : भाद्र २४, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?