बेपत्ता युवक १५ दिनपछि मृत भेटिए

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका–१२ बाफुखोलाबाट हराएका २६ वर्षीय नरेन्द्रकुमार ओली १५ दिनपछि मृत अवस्थामा भेटिएका छन् ।बाग्चौर नगरपालिका–४ स्थित बरावनको जंगलमा उनको शव भेटिएको हो ।

भदौ ७ गते घरबाट बेपत्ता भएका उनको शव सडेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

शवलाई रुकुमको खलंगामा पोष्टमार्टम गरिएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बाँदेले बताए ।

प्रकाशित : भाद्र २४, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

‘आश्चर्यचकित भएँ’

कान्तिपुर संवाददाता

आइतबार कान्तिपुर दैनिकमा ‘गर्भवती शिक्षिकालाई बिदा नदिंँदा... चिकित्सकले आराम गर्नु भने पनि प्रधानाध्यापकले बिदा दिएनन्’ शीर्षकमा प्रकाशित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ  ।

उक्त समाचारमा मेरो नामसमेत उल्लेख भएको देख्दा म आश्चर्यचकित भएको छु । त्यौड माध्यमिक विद्यालयका प्रधानाध्यापकले नेपाल शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीको परामर्श लिएको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पार्छु।
– मोहन ज्ञवाली, पूर्वअध्यक्ष, नेपाल शिक्षक संघ

प्रकाशित : भाद्र २४, २०७६ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्