१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

रासस

जुम्ला — तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन भएको छ । शुक्रबार राति आएको बाढीले कालीकोट खण्डको उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

आइतबार सडक डिभिजन कार्यालय जुम्ला र कालीकोटबाट आएको जेसिबीले दिनभरि बाटो निर्माण गरेपछि बेलुका ६ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।


राजमार्ग अवरुद्ध भएपछि शनिबारदेखि अलपत्र परेका यात्रुले खान, बस्न र खानेपानी पाउन निकै गाह्रो भएको यात्रु रमाकान्त न्यौपानेले बताए ।


सडक सञ्चालन भएपछि आइतबार बेलुका यात्रु गन्तव्यस्थलतिर लागेका थिए । शुक्रबार रातिको बाढीले टाकुल्लाको विद्युत्‌गृह, धानबालीमा समेत क्षति पुर्‌याएको स्थानीय लालकौरा शाहीले बताए । निर्माणाधीन टाकुल्लाको पुलमा पनि क्षति पुगेको छ भने त्यहाँस्थित घर पनि उच्च जोखिममा रहेको छ । उक्त राजमार्ग ३६ घण्टा अवरुद्ध भएको थियो ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?