१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रारामा पानीको सतह बढ्यो

मुगु — देशकै एक प्रमुख पर्यटकीय गन्तव्य रारामा पानीको सतह बढेको छ । पहिलेको तुलनामा करिब ४ मिटर माथि पानीको सतह बढेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले ०६२/६३ सालयता पानीको बहाव बढी देखिएको बताए । पानीको सतह बढेर बाटो नै देख्न मुस्किल भएको उनले बताए । ‘दुई–तीन स्थानमा त तालको पानीले बाटो नै अवरोध भएपछि यताउति हिँड्डुल गर्न कठिनाइ भएको छ,’ उनले भने ।


तीन वर्षअघि जिल्लामा ठूलो खडेरी हुँदा रारा तालको पानी ५ मिटर घटेको थियो । ठूलो वर्षा हुँदा तालमा पानी बढ्ने र खडेरी पर्दा घट्ने गरेको स्थानीयको भनाइ छ । वर्षाले तालभित्र रहेका पानीका मुहान र ताल वारिपारिबाट आउने पानीको मुहान बढेपछि तालको सतह बढेको हुन सक्ने निकुञ्जले जनाएको छ । तालको निकास रहेको खत्याड खोलाको पानीको बहाव बढेको छ । चैत–वैशाखमा सुक्खा देखिएको खत्याड खोलामा आजभोलि भेल उर्लिन थालेको भण्डारीले बताए । ताल वारिपारिबाट मिसिने ठूलादेखि साना करिब ३ सय खोलानालामा पानीको सतह बढेको छ ।


प्रकाशित : भाद्र १५, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?