कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भाइरल ज्वरोका बिरामी बढे

सल्यान — जिल्लामा भाइरल ज्वरोको प्रकोप बढदै गएको छ । ज्वरोले गाउँगाउँमा बिरामी बढेका छन् । जिल्ला अस्पतालमा दैनिक २० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । 

अस्पतालका अनुसार गाउँका स्वास्थ्यचौकीमा पनि उपचारका लागि आउने बिरामी बढेका छन् । जिल्ला अस्पताल प्रमुख डा. अर्जुन बुढाले बिरामीको संख्या बढदै गएपछि शय्या अभाव हुन थालेको बताए । उनका अनुसार उपचारका लागि आएका ज्वरोका अधिकांश बिरामीलाई भर्ना गर्ने गरिएको छ । ‘दुई साता भयो, ज्वरोका धेरै बिरामी आउने गरेका छन्,’ उनले भने, ‘केहीलाई औषधि दिएर पठाउने गरेका छौं, बढी समस्या देखिएकालाई भर्ना गर्ने गरिएको छ ।’ उनले ज्वरोले बालबालिका बढी प्रभावित भएको जानकारी दिए । मौसम परिवर्तनसँगै सरसफाइ र खानपानमा ध्यान नदिँदा ज्वरोका बिरामी बढेको डा. बुढा बताउँछन् ।


स्वास्थ्य कार्यालयले जिल्लाभर भाइरल ज्वरोका कारण ४ सय बढी बिरामी भएको जनाएको छ । भाइरल ज्वरोले कजेरीका अधिकांश बालबालिका प्रभावित भएको स्वयंसेविका हिमा बुढाथोकीले बताइन् । कुमाख गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले स्वास्थ्यचौकीमा भाइरल ज्वरोका बिरामी बढदै गएपछि सबै ठाउँमा पर्याप्त औषधिको व्यवस्था गरिएको बताए ।


प्रकाशित : भाद्र १४, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?