१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

व्यवस्थासँगै प्रणाली नफेरिँदा काम गर्ने असजिलो : मन्त्री केसी

हरि गौतम

रुकुम पश्चिम — कर्णाली प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले व्यवस्था परिवर्तन भएर प्रणाली परिर्वतन नहुँदा कामकाजमा समस्या भएको बताएकी छिन् । डेढ वर्षको अवधिमा गरिएका विभिन्न कामकाजको क्रममा त्यस्तो महसुस भएको भनाइ उनको छ ।

प्रेस संगठन नेपालले जिल्ला सदरमुकाम खलंगामा बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले व्यवस्था नयाँ आउँदा पनि पूरानै प्रणालीबाट चल्नु र चलाउनु पर्दा समस्या भइरहेको भनाइ उनको छ । प्रणाली नफेरिएकै कारण निर्णय अनुसारको काम गर्न नसकिएको उनले बताइन् । ‘व्यवस्था त फेरियो, सिस्टम उही छ,’ मन्त्री केसीले भनिन्, ‘सिस्टम नफेरिकन व्यवस्था फेरिएको महसुस गराउन नसकिने रहेछ ।’


कर्णाली प्रदेशको सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री केसीले पूरानो प्रणालीकै कारण कागजमा योजना मिल्ने मिलाउने कार्य रोक्न नसकिएको स्वीकारिन् । ‘प्रयास भइरहेको भएपनि कता कता के नमिलेको महसुस भएकै छ, तर नयाँ व्यवस्था र पूरानो सिस्टममा तालमेल भएकै छैन,’ उनले भनिन् । प्रणालीकै कारण शुन्य सहनशीलताको नीति कार्यान्वन हुन नसकेको लक्षित कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेको उनले बताइन् । यद्यपी चुनौतीबीचमा पनि काम भने भइरहेको बताइन् । एकदम राम्रो बनाउन खोज्दा राम्रोसम्म भएको भन्दै उनले अँझ राम्रो बनाउने प्रयास जारी रहेको मन्त्री केसीले बताइन् ।


चालु आर्थिक वर्षदेखि प्रदेश सरकारले विधि र कार्यविधि अनुसार कार्यक्रम कार्यान्वयन गरिने र त्यसलाई जतिसक्दो जनतामा पुर्‍याउने बताइन् । प्रदेश सरकारले यो वर्षदेखि अनुदान नभइ सफ्ट लोन दिने गरी निर्णय गरिएको बताइन् ।

प्रकाशित : भाद्र ११, २०७६ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?