२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रशासनले बनायो वार्षिक कार्ययोजना, सहायक प्रजिअसँग कार्यसम्पादन सम्झाैता

भीमबहादुर सिंह

जाजरकोट — जिल्ला प्रशासन कार्यालय जाजरकोटले वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । प्रशासनले आइतबार सुरक्षा निकायका प्रमुख र पत्रकारको रोहबरमा उक्त योजना सार्वजनिक गरेको हो ।

प्रशासनले बनायो वार्षिक कार्ययोजना, सहायक प्रजिअसँग कार्यसम्पादन सम्झाैता

प्रशासनले विभिन्न क्षेत्रको सुझावसहित वार्षिक योजना सार्वजनिक गरेको छ । सहज सेवा प्रवाह, सुशासन, भष्ट्राचार नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न वार्षिक कार्ययोजना बनाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।


हचुवाको भरमा काम गर्नु भन्दा कार्ययोजना बनाएर अघि बढे सरकारी सेवा प्रवाहमा गुणस्तर आउने उनले बताए । योजनामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासनका विभिन्न शाखाहरुले वर्षभरीमा गर्नु पर्ने कामको विवरण उल्लेख भएको उनले बताए ।


कार्य योजनामा सुरक्षा व्यवस्थालाई सुदृढ गर्ने, निर्वाद रुपमा राजमार्ग संचालन, सुरक्षा निकायको निरीक्षण तथा अनुगमन, परिचालन, सीमा सुरक्षा, प्रभावकारी सेवा प्रवाह, सुशासन, सूचनाको हक कार्यन्वयन गर्ने तथा गराउने लगायत रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।


त्यस्तै योजनामा सरसफाई तथा बगैंचा व्यवस्थापन, उपभोक्ता हित संरक्षण, संघ/संस्थाको संचालन तथा व्यवस्थापन, सार्वजनिक सम्पति संरक्षण, लागूऔषध निषेध, विपद् व्यवस्थापन, विकासमा सहजीकरण, सदाचार/आर्थिक अनुशासन लगायत एक सय क्रियाकलाप समावेश भएको प्रजिअ बस्नेतले बताए ।


उक्त कार्ययोजना अनुसार जिल्लाको सुरक्षा व्यवस्थालाई सुदृढ गर्न ‘क्राइम म्याप’सहितको एकीकृत रणनैतिक सुरक्षा योजनालाई अद्यावधिक गर्नुको साथै एकीकृत रणनैतिक सुरक्षा योजना निर्माण गरेको प्रजिअ बस्नेतले बताए ।


लागूऔषध निषेध तथा व्यवस्थापन लागि औषध नियन्त्रण कार्ययोजना निर्माण गरी अबैध रुपमा खेती हुने गाँजा खेती, अफिम खेती लगायतका लागू पदार्थजन्य खेती नष्ट गर्ने योजना रहेको उनले बताए ।


त्यसैगरी प्रजिअ बस्नेतले सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु सहनीसँग वार्षिक कार्य सम्पादन सम्झौता पनि गरेका छन् । ‘कार्य सम्पादन सम्झौता पश्चात काम लागि दैनिक कार्यालय स्टापलाई निर्देशन गर्नुपर्ने स्थिति रहँदैन,’ प्रजिअ बस्नेतले भने ।

कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा सतप्रतिशत देखाउने तर कार्यालयको लक्ष्य हासिल नहुने भएपछि वार्षिक कार्यसम्पादन सम्झौताको अवधारणालाई सरकारले अगाडि ल्याएको उनले बताए ।

प्रकाशित : भाद्र ९, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?