कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सेनेटरी प्याडले विद्यालय नियमित

एलपी देवकोटा

जुम्ला — दुर्गा मावि तातोपानी लाम्रामा कक्षा १२ मा अध्ययनरत तारादेवी गिरी यसअघि महिनावारी भएको बेला पढाइ छाडथिन् । विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुँदा उनलाई लाजैका कारण विद्यालय जान समस्या थियो ।

सेनेटरी प्याडले विद्यालय नियमित

कक्षा १० मा अध्ययनरत अस्मिता चौलागाईको पनि महिनावारीको बेला पढाइ छुट्थ्यो ।


विद्यालयमै सेनेटरी प्याडको व्यवस्था भएपछि उनीहरू मात्र होइन, अधिकांश छात्राको पढाइ नियमित भएको छ । पहिलो चरणमा सबै विद्यार्थीलाई पुग्नेगरी सेनेटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारीका बेला स्थानीय बजारमै पाइने कपडाको प्याड बनाइ प्रयोग गर्ने विधिबारे सिकाइएको विद्यालयले जनाएको छ ।


सन्ध्या फाउन्डेसनले लाइन्स क्लब अफ काठमाडौं नर्भिकको सहयोगमा विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरणसँगै प्रयोगको विधि विद्यालयमै सिकाएको हो । फाउन्डेसनका अनुसार विद्यालयमा अध्ययनरत २ सय छात्राले प्याड बनाउने विधि सिकेका हुन् ।


‘विद्यालयमै प्याड बनाउने विधि सिकेपछि घरबाटै प्याड बनाएर झोलामा राख्ने गरेकी छु,’ गिरीले भनिन्, ‘विद्यालयमै प्रजनन समस्या समाधानका उपायबारे तालिम लिएपछि अप्ठ्यारो हटेको छ, पढाइ नियमित बनेको छ ।’


चौलागाईंले आफूले सिकेका सीप र प्याड बनाउने उपायबारे गाउँमा समेत सिकाउन थालेको बताइन् । ‘महिनाबारी भएकाबेला केही समस्या आए शिक्षक र साथीहरूलाई भन्ने गरेका छौं,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मीले विद्यालयमै आएर तालिम लिएपछि महिनावारीलाई सहज तरिकाले लिन थालेका हौं ।’


तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिका भरिका सबै विद्यालयमा सहिनावारीसम्बन्धी स्वास्थ्य शिक्षा र सेनेटरी प्याड निर्माण विधिबारे अभियान सञ्चालन गर्न लागिएको बताए ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?