भालुलाई पासो थापेको बन्दुक अचानक पटि्कदा एक घाइते

एलपी देवकोटा

जुम्ला — तिला गाउँपालिका–७ पोख्रीमा भरुवा बन्दुक पट्किदा एकजना घाइते भएका छन् । आफ्नै मकैबारीमा भालुलाई पासो थापेको भरुवा बन्दुक पट्किदा पोख्री गाउँका वर्ष २५ का पदमबहादुर रोकाया घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

रोकायाको दाइने खुट्टाको घुँडामा गोली लागी प्वाल परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी रारालिहीबा प्रहरी नायव निरिक्षक कृष्णबहादुर खड्कासहितको टोलि घटनास्थलमा गई बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घाइते रोकायाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

प्रकाशित : भाद्र ६, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्

चन्द समूहका कास्की इन्चार्ज पक्राउ

दीपक परियार

(पोखरा) — नेत्रविक्रम चन्द समूहको नेपाल कम्युनिस्ट पार्टीका कास्की र स्याङ्जा इन्चार्ज कृष्ण वाग्ले (रुपेश)लाई  शुक्रबार पोखराको शिशुवाबाट कास्की प्रहरीले पक्राउ गरेको छ । 

उनीसँगै चन्द समूहलाई सहयोग गरेको आरोपमा पत्रकार ओम हमालसमेत पक्राउ परेका छन् ।

जनसञ्चारडटकमका सञ्चालक हमाल र चन्द समूहका नेता वाग्लेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । चन्द समूहको कार्यक्रम गर्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

प्रकाशित : भाद्र ६, २०७६ १३:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्