१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

चन्द समूहका कार्यकर्ता पक्राउ

विप्लव महर्जन

सल्यान — छत्रेस्वरी गाउँपालिका ६ लान्ती नजिकै गरिज्युलामा रहेको खैराबाङ भगवती मन्दिरको गुठीको जग्गा कब्जा, चन्दा संकलन कार्यमा संलग्न र ब्यानर बनाउन सहयोग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चन्द समूहका कार्यकर्ता पक्राउ

प्रहरीले चन्दा संकलनमा संलग्न रहेका बागचौर नगरपालिका ५ बस्ने चन्द समूहका विद्यार्थी संगठनका सदस्य १९ वर्षीय महेशकुमार बिक र शारदा नगरपालिका १३ स्यानीखालका १८ वर्षीय सुरेश भारतीलाई पक्राउ गरेको हो ।


यस्तै चन्द समूहको ब्यानर बनाई सहयोग गर्ने त्रिवेणी गाउँपालिका ४ घर भई हाल श्रीनगरमा डिजिटल आर्ट सञ्चालन गरेर बस्दै आएका २५ वर्षीय हरि केसीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


पक्राउमा परेका तीनजनालाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । सरकारद्धारा प्रतिबन्धित पार्टीलाई सहयोग गरी गैरकानुनी काम गरेकाले केसीलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ४, २०७६ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?