पुल बग्यो, आउजाउमा सास्ती

डोल्पा — फोक्सुण्डो खोलामा आएको बाढीले काठेपुल बगाएपछि सदरमुकाम दुनैबाट माथिल्लो डोल्पा आउजाउमा सास्ती भएको छ । सिडाक, सुलिगाड र धाजामा निर्माण गरिएका काठेपुल बाढीले बगाएपछि स्थानीयले सास्ती भोग्दै आएका हुन् ।

दुनैबाट लसीक्याप हुँदै धो भएर माथिल्लो डोल्पा जाने तोलतोल र सिसोलमा पनि काठेपुल बगाएको छ । पुल नहुँदा सेफोक्सुण्डो ताल हेर्न जाने पर्यटक र स्थानीयलाई आउजाउमा समस्या भएको हो । स्थानीय गणेशमान पुनका अनुसार पुल नहुँदा माथिल्लो डोल्पा र फोक्सुण्डो जाने पर्यटकको संख्या घट्दै गएको छ । पुल बगाएपछि ३ सातापछि धो भ्यालीमा आयोजना गरिएको डोल्पो महोत्सव प्रभावित हुने देखिएको पर्यटन व्यवसायीको गुनासो छ । पुल नहुँदा जोखिम मोल्दै खोला तर्नुपर्ने बाध्यता भएको रिग्मका निमा बुढाले बताए । कालिका, सर्मी, माझफाल र फोक्सुण्डो खोलामा मात्रै ९ काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले बगाएका काठे पुल निर्माण गर्न कम्तिमा ५० लाख रुपैयाँ लाग्ने देखिएको जनप्रतिनिधिको भनाइ छ ।



प्रकाशित : भाद्र ४, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?