२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चन्द समूहको ब्यानर छापेको आरोपमा व्यापारी पक्राउ 

विप्लव महर्जन

सल्यान — नेत्रविक्रम चन्द समूको ब्यानर छापेको भन्दै प्रहरीले एक व्यवसायीलाई पक्राउ गरेको छ । शारदा नगरपालिका–१ श्रीनगर बजारको केसी डिजिटल आर्टका संचालक हरि केसीलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई आफ्नै पसलबाट पक्राउ गरेको हो । 

चन्द समूहको ब्यानर छापेको आरोपमा व्यापारी पक्राउ 

छत्रेश्वरी गाउँपालिकाको लान्तीमा दुई दिन अघि चन्द समूहका कार्यकर्ताले खैराबाङ्ग भगवती मन्दिर गुठीको छ रोपनी १५ आना जग्गा कब्जा गर्ने क्रममा गाडेका ब्यानर उनले छापेको विषयलाई लिएर पक्राउ गरेको प्रहरीले जनाएको छ ।


सरकारले प्रतिबन्ध लगाएको पार्टीलाई सहयोग गर्नु गैरकानुनी भएका कारण केसीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले बताए । केसीको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

प्रकाशित : भाद्र ३, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?